सोमबार, वैशाख ८, २०८२

सोमबार घटेको बजार मंगलबार ४.१७ अंकले बढ्यो, २ अर्ब ५१ करोडभन्दा बढीको शेयर कारोबार

नेपालखोज २०७७ असोज २० गते १६:२७

काठमाडौं । सोमबार ३ दशमलव ६३ अंकले घटेको बजार मंगलबार भने ४ दशमलव १७ अंक बढेर १ हजार ५८६ दशमलव २९ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार १ हजार ५८२ दशमलव १३ विन्दुमा बन्द भएको बजार मंगलबार १ हजार ५८८ दशमलव शून्य २ विन्दुदेखि खुलेको थियो । यो दिन १ हजार ५८८ विन्दुसम्म पुगेर बजार तल झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ७६ अंक बढेर ३१३ दशमलव २२ विन्दुमा पुगेको छ ।

मंगलबार २ अर्ब ५१ करोड ५ लाख ८५ हजार रूपैयाँ बराबरको शेयर कारोबार हुदाँ जलविद्युत कम्पनीहरुले सर्वाधिक हिस्सा ओगटेका छन् । यस दिन १९५ कम्पनीको ९९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएको हो । यो दिन सर्वाधिक कारोबार गर्ने दश कम्पनीमा ६ जलविद्युत कम्पनी रहेका छन् । सर्वाधिक कारोबार सँगै सर्वाधिक शेयरमूल्य पनि जलविद्युत कम्पनीकै बढेको छ । मंगलबार १० प्रतिशतले मूल्य बढ्ने पाँच कम्पनीमा चार जलविद्युत कम्पनी रहेका छन् ।

यस दिन नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको कारोबार भएको छ । यो दिन नेशनल हाइड्रोको रू. ११ करोड २९ लाख ५१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । त्यस्तै सानिमामाई हाइड्रोपावर लिमिटेडको पनि यो दिन १० करोड ७५ लाख ९७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सर्वाधिक रकमको शेयर कारोबार गरेको नेशनल हाइड्रोको शेयरमूल्य मंगलवार १० प्रतिशतले बढेको छ । यस दिन प्रतिकित्ता १० रूपैयाँले बढेर नेशनल हाइड्रोको अन्तिम शेयरमूल्य ११० रूपैयाँ कायम भएको छ ।

नेशनल हाइड्रोसँगै यो दिन नेपाल फाइनान्स लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, माउण्टेन हाइड्रो र दिव्यश्वरी हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको हो । मंगलबार बढेको बजारमा अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ४ प्रतिशतले घटेको छ । यो दिन अरुणभ्याली हाइड्रोको शेयरमूल्य प्रतिकित्ता १० रूपैयाँले घटेर अन्तिम मूल्य २४० रूपैयाँ कायम भएको हो ।

मंगलबार कारोबारमा आएका १२ समूहमध्य जलविद्युत समूहको परिसूचक सर्वाधिक ५ दशमलव १२ प्रतिशतले बढेको छ । त्यस्तै व्यापारिकको शून्य दशमलव ७७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३६ प्रतिशत, वित्तको शून्य दशमलव ७७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १५ प्रतिशत र अन्यको शून्य दशमलव २ प्रतिशतले परिसूचक बढेको छ ।

यो दिन बैंकिङ समूहको शून्य दशमलव शून्य ४ प्रतिशत, होटलको शून्य दशमलव शून्य १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १७ प्रतिशतले परिसूचक घटेको छ ।

प्रतिक्रिया