सोमबार, वैशाख ८, २०८२

तेस्रो घण्टामा २ अर्ब २५ करोडभन्दा बढीको सेयर कारोबार, बजार १२.५५ विन्दुमाथी

नेपालखोज २०७७ असोज २१ गते १४:३०

काठमाडौं । बुधबार तेस्रो घण्टामा नेप्से परिसुचक १२ दशमलव ५५ अंक बढेर १ हजार ५९८ दशमलव ८४ विन्दुमा पुगेको छ । यो अवधिसम्म २ अर्ब २५ करोड ९ लाख ७७ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । १९४ कम्पनीको सो रकम बराबरको ८९ लाख ७४ हजार ३१२ कित्ता सेयर कारोबार भएको हो ।

यस दिन तेस्रो घण्टाको कारोबार अवधिसम्म लघुवित्त शून्य दशमलव २५ प्रतिशत र म्युचुअल फण्ड शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने बाँकी समूह बढेको छ । यो अवधिसम्म जलद्यिुत समूहको ५ दशमलव ९४ प्रतिशत, विकास बैंकको २ दशमलव ८२ प्रतिशत, वित्तको २ दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य २ प्रतिशत, बैंकिङ्को शून्य दशमलव १९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ६२ प्रतिशत, होटलको शून्य दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १ प्रतिशत, अन्यको शून्य दशमलव ९५ प्रतिशत र जीवन बीमाको शून्य दशमलव २४ प्रतिशत परिसूचक बढेको छ । यो अवधिमा सेन्सेटिभ इन्डेक्स २ दशमलव ६९ अंक बढेर ३१५ दशमलव ९१ विन्दुमा पुगेको छ ।

तेस्रो घण्टासम्म पनि जलविद्युत कम्पनीहरुलेनै सर्वाधिक रकमको कारोबार गरिरहेका छन् । यो अवधिसम्म रू. ११ करोड ७ लाख ६८ हजार बराबरको सर्वाधिक रकमको अरुण काबेली पावरको सेयर कारोबार भएको छ । बढेको बजारमा चार जलविद्युत कम्पनीको सेयरमुल्य १० प्रतिशतले बढेको छ भने सबैको लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ४ दशमलव ५६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया