मंगलबार, वैशाख ९, २०८२

सागको सामान खरिदमा प्रक्रियागत भ्रष्टाचार देखिएको छानविन समितिको निष्कर्ष

नेपालखोज २०७७ असोज २१ गते १९:२६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको पाईएको छ ।

साग प्रतियोगिताको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन अनुसार राखेपले भदौ ३ गते बोर्ड सदस्य गोबिन्द्र भट्टराईको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले झण्डै डेढ महिना लगाएर तयार पारेको छानविन प्रतिवेदन हिजो राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको छ ।

समितिले ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता भएको देखिएको बताएको छ । जुत्ता किन्न खेलाडीको पैसा निकासा भएको तर खेलाडीले सामान नपाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले सामान खरिद वितरणमा नीतिगत सुधारको सुझाव दिदै प्रक्रियागत भ्रष्टाचार देखिएको निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया