बुधबार, वैशाख १०, २०८२

जर्मनीमा कोरोना अनियन्त्रितरुपमा फैलिन सक्ने चेतावनी

नेपालखोज २०७७ असोज २२ गते २०:५४

एजेन्सी । जर्मनीका शीर्ष स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलिनसक्ने चेतावनी दिएका छन् ।

जर्मनीको संक्रामक रोगका लागि रोबर्ट कोच इन्स्टिच्युटका प्रमुख लोथर विलेरले मानिसहरुले सामाजिक दूरी कायम गर्ने र अन्य स्वास्थ्य मापदण्डको पालना नगरे दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित देखिन सक्ने चेतावनी दिएका छन् ।

हाल जर्मनीमा दैनिक ४ हजारको आसपासमा कोरोना संक्रमित थपिन थालेका छन् । यो संख्या अन्य युरोपेली मुलुकमा भन्दा कम हो । पछिल्लो २४ घण्टामा जर्मनीमा ४ हजार ५८ कोरोना संक्रमित थपिएका हुन् ।

यो हालसम्मकै दैनिक देखिएको कोरोना संक्रमित संख्याको उच्च संख्या हो । जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्फानले पछिल्लो समय अवस्था चिन्ताजनक बनिरहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेतर्फ जोड दिएका छन् ।

प्रतिक्रिया