बुधबार, वैशाख १०, २०८२

कोरोना कहर : विश्वमा मृत्यु हुनेको संख्या १० लाख ६४ हजार नाघ्यो

नेपालखोज २०७७ असोज २५ गते ७:१४

एजेन्सी । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ६४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ६४ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५७५ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख ५४ हजार ३९५ पुगेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४ हजार ५३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जनाको उपचाररत रहेका छन् ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया