सोमबार, वैशाख ८, २०८२

सोमबार एक घण्टामा ५.२६ अंक घट्यो बजार, वित्त समूहको परिसूचकमा सर्वाधिक गिरावट

नेपालखोज २०७७ असोज २६ गते १२:२८

काठमाडौं । सोमबार एक घण्टामा शेयर बजार ५ दशमलव २६ अंक घटेर १ हजार ५७१ विन्दुमा झरेको छ । यो दिन १ हजार ५८० दशमलव १५ विन्दुदेखि खुलेको बजार एक घण्टामा शून्य दशलमव ३३ प्रतिशत घटेको हो । यस अवधिसम्म सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९९ अंक घटेर ३१० दशमलव ७४ विन्दुमा झरेको छ ।

शतप्रतिश हकप्रद शेयर निष्कासनको तयारी गरेको अरुणभ्याली हाइड्रोपावर कम्पनकिो सोमबार सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको एक घण्टामा रू. २ करोड ७६ लाख २४ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको शेयरमूल्य एक घण्टाको कारोबारमा ७ प्रतिशतले घटेको छ । यस कम्पनीले शतप्रतिशत हकप्रद विक्री गर्न असोज २१ गते बोर्डमा निवेदन दिएको छ ।

सोमबार एक घण्टाको कारोबारमा १२ समूहमध्य व्यपारिक समूहको शून्य दशमलव २३ प्रतिशत र अन्य समूहको स्थिर रहेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । यो दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ३ प्रतिशतले घटेको हो । एक घण्टामा १६९ कम्पनीको ३३ करोड ७७ लाख ९९ हजार रूपैयाँ बराबरको १३ लाख ५४ हजार कित्ता शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया