तेस्रो घण्टामा १.६८ अंक माथी उक्लियो शेयर बजार, विकास बैंकको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सोमबार तेस्रो घण्टासम्मको कारोबारमा शेयर बजार १ दशमलव ६८ माथी उक्लिएको छ । यस अवधिमा नेप्से परिसूचक १ हजार ५७७ दशमलव ९५ विन्दुमा पुगेको हो । यो दिन विकास बैंकको शेयरमा लगानीकर्ताहरुको उच्च आकर्षण रहेको छ । सोमबार वित्त समूहका लगानीकर्ताहरुले भने गुमाईरहेका छन् । कारोबारमा आएका १२ समूहमध्य विकास बैंकको सर्वाधिक ४ दशमलव ६९ प्रतिशतले परिसूचक बढेको छ भने वित्त समूहको सर्वाधिक १ दशमलव ३१ प्रतिशतले घटेको छ ।
तेस्रो घण्टाको कारोबारमा १८७ कम्पनीको १ अर्ब २० करोड ९६ लाख ७५ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । यो अवधिसम्म मुक्तिनाथ विकास बैंकको सर्वाधिक १२ करोड ६३ लाख ३० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सोमवार तेस्रो घण्टामा व्यापारिक समूह शून्य दशमलव शून्य ८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३२ प्रतिशत, अन्यको शून्य दशमलव २३ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य १ प्रतिशतले परिसूचक बढेको छ । त्यस्तै बैंकिङको शून्य दशमलव १ प्रतिशत, होटलको शून्य दशमलव ३२ प्रतिशत, जलविद्युतको शून्य दशमलव १४ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।
सर्वाधिक शेयरमूल्य यस अवधिसम्म मुक्तिनाथ विकास बैंकको ८ दशमलव ९६ प्रतिशत बढेको छ भने सबैको लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ६ दशमलव शून्य ५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया