नेपालमा पहिलोपटक सनराईज बैंकबाट मिस्डकलबाटै बिजुलीको पैसा तिर्ने व्यवस्था
काठमाडौं । सनराइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सनराइज बैकले आफ्ना ग्राहकबर्गहरुलाई लक्षित गरी मिस्ड कल सेवामार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।
यस सेवाको सुरु सँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् । यस सेवा प्रयोग गर्नको लागि एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनैपनि शाखामा दर्ता भने गराउनु पर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकका ग्राहकहरुले Sunrise Smart App बाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिना नै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् । विद्यमान महामारीको समयमा घरैमा बसीबसी यसरी विभिन्न सेवाका शूल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहकबर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।
प्रतिक्रिया