बुधबार, वैशाख १०, २०८२

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै

नेपालखोज २०७७ असोज २८ गते ७:२६

एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण पछि निको हुनेहरुको संख्या बढेको छ । मंगलबार १० हजार भन्दा बढी कोरोनाका संक्रमित घटेका थिए ।

सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २४ हजार कोरोनाका सक्रिय संक्रमित घटेका थिए । नयाँ संक्रमित ६३ हजार ५२० जना थपिँदा संक्रमण मुक्त हुनेहरु ७३ हजार ९१० जना रहेका छन् । भारतमा ७२ लाख ३७ हजार ८२ जना संक्रमित पुगिसकेका छन् । कोरोना मुक्त हुनेहरुको संख्या ६२ लाख ९८ हजार ७०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या घटेर ८ लाख २६ हजार ६५२ रहेको छ ।

त्यस्तै आजसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८५६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७०६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७५ हजार ८८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ३४२ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया