फ्रान्सको राजधानी पेरिससहित ९ सहरमा कर्फ्यू घोषणा
नेपालखोज
२०७७ असोज २९ गते ६:२५
एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्स सरकारले राजधानी पेरिससहित ९ सहरमा कर्फ्यू लगाउने घोषणा गरेको छ ।
राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यू लगाउने घोषणा गरेका हुन्। एक टेलिभिजन अन्तरवार्तामा सम्बोधन गर्दै उनले शनिबारदेखि कम्तिमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा रातको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन्।
सुरुमा चार हप्ताको लागि भनिए पनि कम्तिमा ६ हप्तासम्म कर्फ्यू लम्ब्याउने योजनामा रहेको उनको भनाइ छ । त्यहाँ कर्फ्यू भने राति ९ देखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ । राति कर्फ्यू लागे पनि दिउँसो भने विद्यालय समेत खुल्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया