बिहीबार तेस्रो घण्टामा ८४ करोडभन्दा बढीको शेयर कारोबार, नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि
काठमाडौं । बिहीबार तेस्रो घण्टामा ८४ करोड ८६ लाख ५७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिमा १९४ कम्पनीको ३० लाख ८४ हजार ३६९ कित्ता शेयर कारोबार भएको हो । तेस्रो घण्टामा पनि शिवम् सिमेन्ट्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस अवधिमा शिवम् सिमेन्ट्सको ५ करोड ३० लाख १९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
यो अवधिसम्म नेप्से परिसूचक भने शून्य दशमलव शून्य ६ प्रतिशत बढेर १ हजा ५६२ दशमलव शून्य ८ विन्दुमा अडिएको हो । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य ९ प्रतिशत बढेर ३१० दशमलव शून्य ४ विन्दुमा छ । यो अवधिसम्म कारोबारमा आएका १२ समूहमध्य सर्वाधिक परिसूचक व्यापारिक समूहको बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको घटेको छ । व्यापारिक समूहको परिसूचक १ दशमलव १२ प्रतिशत बढेको हो भने उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६२ प्रतिशत घटेको हो ।
तेस्रो घण्टाको कारोबार अवधिमा नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । नेपाल फाइनान्सको ९ दशमलव ८७ प्रतिशत र जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ५५ प्रतिशतले मूल्य बढेको हो ।
प्रतिक्रिया