मंगलबार, वैशाख ९, २०८२

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्वाईन्ट अफ सेलको माध्यद्वारा भुक्तानी सेवा सुरु

नेपालखोज २०७७ असोज ३० गते १५:४७

काठमाडौं । । राष्ट्रिय वाणिज्य बैंकले पोईन्ट अफ सेल (पोस) को माध्यमद्वारा भुक्तानी सेवा सुरु गर्ने भएको छ । बैंकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै भोलि अर्थात कार्तिक १ गते, शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई ब्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको पोसको माध्यमबाट भुक्तानी सेवा शुरु गरेको हो ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पोसको माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यास ब्याक हुने छ ।

विश्वव्यापिरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया