कंगनालाई सामाजिक सञ्जालबाटै बलात्कारको धम्की
एजेन्सी । बलिउड निडर अनि सहासी नायिकाको रुपमा परिचित कंगना रनौतविरुद्ध मुम्बई स्थित बान्द्रा अदालतले शनिबार धर्मको नाममा घृणा फैलाएको आरोप लगाउँदै उजुरी दर्ता गर्ने आदेश दियो । यसमा कंगनाले एउटा पोस्ट गरिन् ।
जसमा उनले लेखेकी थिइन्, ‘क–कसले नवरात्रिमा ब्रत बस्दै छ ? फोटो आजको सेलिब्रेशनको हो किनभने मैले ब्रत राखेकी छु ।’ कंगनाको त्यहि पोस्टमा ओडिशाका वकिल मेहन्दी रजाको धम्की आयो । जसमा उनले भनेका थिए, ‘तपार्ईंको बीच शहरमा बलात्कार हुनुपर्छ ।’ यो कमेन्टपछि प्रयोगकर्ताले मेहन्दी रजालाई तथानाम भने ।

रिपोर्टकाअनुसार मेहन्दी रजा ओडिशाको झारसुगडा डिस्ट्रिक्ट एण्ड सेशन कोर्टका एड्भोकेट हुन् । रजाविरुद्ध ऊजुरी दर्ता भइसकेको पनि बताइएको छ । यद्यपि, वकिलले माफी मागेका छन् । उनले आफ्नो आइडी ह्याक भएको भन्दै स्पष्टिकरण दिएका थिए ।
रजाले लेखे, ‘आज मेरो फेसबुक आइडी ह्याक भएको थियो, जसमा केही अपमानजनक कमेन्ट पोस्ट भयो । कुनै पनि महिला वा कम्युनिटीबारे यो मेरो दृष्टिकोण होइन । म आफैंपनि अचम्मा छु र म यसका लागि माफी माग्छु । जसको भावना आहत भएको छ उहाँहरुले मलाई माफ गरिदिनुहोस् । म साँच्चै नै यसका लागि माफी माग्छु ।’

प्रतिक्रिया