सोमबार, वैशाख ८, २०८२

स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड र बेष्ट फाईनान्स लिमिटेड बीच कार्ड तथा भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता

नेपालखोज २०७७ कार्तिक ४ गते १२:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड (SCT) र ‘ग’ वर्गको इजाजतपत्र प्राप्त बेष्ट फाईनान्स लिमिटेड (BFL) बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड र लामो समय देखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पुर्‍याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रमा सुपरिचित बेष्ट फाईनान्स लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडसँगको सहकार्यबाट बेष्ट फाईनान्स लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । यस कार्डको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पि.ओ.एस, ई-कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

आज मिति २०७७ कार्तिक ३ गते बेष्ट फाईनान्स लिमिटेडको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र बेष्ट फाईनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया