सोमबार, वैशाख ८, २०८२

अब नेपालमै फिल्म पढ्न पाइने

नेपालखोज २०७७ कार्तिक ४ गते १३:३८

काठमाडौं । आगामी शैक्षिक सत्रदेखि नेपाल पहिलो पटक पाठ्यक्रममा फिल्म समेटिने भएको छ । ११ र १२ कक्षामा फिल्म र डकुमेन्ट्री विषयको पढाई हुने भएको हाे ।

कक्षा ११ र १२ मा १००/१०० पूर्णाकको पाठ्यक्रम डिजाइन गरिएको छ । त्यसमा आधा सैद्धान्तिक र आधा प्रयोगात्मक पाठ्यक्रम डिजाइन गरिएको छ ।

फिल्म र डकुमेन्ट्रीको विषयलाई ऐच्छिक विषय (इच्छा भए मात्र) का रुपमा समावेश गरिएको पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलनाथ धमलाले जानकारी दिए ।

फिल्म सम्बन्धि पाठ्यक्रमको प्रारम्भिक ड्राफ्ट फिल्म निर्देशक विनोद पौडेलले तयार गरेका हुन् ।

प्रतिक्रिया