सोमबार, वैशाख ८, २०८२

धितोपत्रको दोस्रो बजार आजदेखि पुनःखुल्दै

नेपालखोज २०७७ कार्तिक १२ गते १२:४३

काठमाडौं । बडादसैंको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार आजदेखि पुनः नियमित खुल्ने भएको छ ।

धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म संचालन भएको थियो बडादसैंको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार आजदेखि पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न लागेसँगै शेयर बजारको कारोबार बढ्दै गएको छ । लामो समयपछि नेप्सेले पुनः १ हजार ६०० को मनोबैज्ञानिक विन्दु पार गरेको छ ।  

प्रतिक्रिया