भालेको आक्रमणबाट प्रहरीको मृत्यु
नेपालखोज
२०७७ कार्तिक १७ गते १२:२३
एजेन्सी । हामीले भालेको आक्रमणबाट घाइते अथवा सानो चोट लागेको देखेका छौं या सुनेका छौं । तपाईहरु मध्य कतिमा अनुभव पनि छ होला । तर, फिलिपिन्समा एक प्रहरीको भालेको आक्रमणबाट मृत्यु भएको छ ।
फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले (कुखुरा) जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आक्रमणबाट मारिएका छन् । उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भालेको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तुले लागेको थियो ।
भालेलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको बताउँदै प्रहरीले भनेको छ, ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृत्त घोषित गरिएको थियो ।’
घटनामा तीन जनालाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया