बुधबार, वैशाख १०, २०८२

अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम सुरु

नेपालखोज २०७७ कार्तिक १९ गते ७:०४

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मत परिणाम पनि आउन थालेको छ। अल जजिराका अनुसार अहिलेसम्म २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले १६ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले १३ मत प्राप्त गरेका छन्।

ट्रम्पले वेस्ट भर्जिनिया र केन्टुकीमा जित हासिल गरेका छन् भने बाइडेनले भर्मोन्ट र भर्जिनियामा जित हासिल गरेका छन्। फ्लोरिडामा भने दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ।डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनावी प्रचारप्रसारका लागि ६३ करोड ८० लाख डलर खर्च गरेक छन् ।

उनले सबैभन्दा धेरै टेलिभिजन विज्ञापनमा खर्च गरेका छन् भने राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले ४७ करोड २० लाख डलर विज्ञापनमा खर्च गरेको छ । ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनभन्दा डिजिटल विज्ञापनमा चार करोड ३० लाख डलर बढी खर्च गरेको हुन सक्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया