नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक
नेपालखोज
२०७७ कार्तिक २२ गते १९:१०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा एक लाख ५५ हजार १ सय १४ जना संक्रमित उपचार पछि निको भएका छन् ।
विगत २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
मन्त्रालयका अनुसार ३५ हजार ४ सय ३५ जना संक्रिय संक्रमित रहेका छन् । यसैवीच, कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार ८७ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया