सिटिजन्स बैंकद्वारा क्यास ब्याकको बहार योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले “यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ मार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् । बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरुले कार्तिक २९ देखि मंसिर १ गते सम्म तिन पटक गरी दुई हजार रुपैयाँ भन्दा बढी रकम मोबाइल बैकिङ मार्फत रकमान्तर गरेमा सो क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
यसरी पैसा पठाउँदा विवरणमा भने “सिटिजन्स तिहार” भनी खुलाउन पर्नेछ । तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।
बैकले देशैभरी फैलिएका आफ्ना एक सय ११ वटा शाखा, ९९ वटा ए.टि.एम. र एक सय चार वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया