सोमबार, वैशाख ८, २०८२

‘मायालु साबुन’ लिएर आए गायक सुगम पोखरेल

नेपालखोज २०७७ मंसिर १ गते १९:४८

काठमाडाैं । लोकप्रिय गायक सुगम पोखरेले आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन’दर्शक तथा स्रोतामाझ ल्याएका छन् । काग तिहारको दिन पारेर शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार गरेका हुन् ।

गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा गायक सुगम पोखरेलको साथमा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, पूजा गिरी,नीभा अधिकारी तथा इकृना बल्ल फिचर्ड छन् ।

भिडियोमा गायक पोखरेल भिन्न गेटअपमा प्रस्तुत भएका छन् । नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने पदम सुवेदीले यसलाई सम्पादन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । यो भिडियो गायक पोखरेलकै यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

हेर्नुहाेस भिडियो :

प्रतिक्रिया