विश्वभर ४ करोड १ लाख बढी कोरोना संक्रमित संक्रमण मुक्त

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण पछि ४ करोड १ लाख बढी मानिस निको भइसकेका छन् ।
वल्डाेमिटर्सका अनुसार हालसम्म विश्वभर ४ करोड १ लाख २ हजार २ सय ८४ मानिस निको भइसकेका छन् । भने अहिलेसम्म विश्वभर ५ करोड ८९ लाख बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । जसमा हालसम्म १३ लाख ७७ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।
अहिले विश्वभर १ करोड ६४ लाख सक्रिय संक्रमित रहेकामा एक प्रतिशत अर्थात् १ लाख २ हजारको अवस्था जटिल रहेपनि बाँकी १ करोड ६३ लाखको अवस्था भने सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या १ करोड २२ लाख ७४ हजार नाघेको छ । जसमध्ये ७३ लाख बढी निको भएका छन् भने २ लाख ६० हजार बढीको मृत्यु भइसकेको छ ।
त्यस्तै भारतमा निको हुनेको संख्या विश्वमै धेरै छ । भारतमा हालसम्म ८४ लाख ७५ हजार बढी कोरोना मुक्त हुँदा १ लाख ३२ हजारको भने मृत्यु भएको छ । त्यहाँ ९० लाख ५० हजारमा कोरोना पुष्टि भएको छ ।
यसैगरी ब्राजिलमा संक्रमितको संख्या ६० लाख नाघेको छ । जसमध्ये ५४ लाख २२ हजार निको हुँदा १ लाख ६ हजारको मृत्यु भएको छ ।
प्रतिक्रिया