ट्रम्पलाई दोहोरो झट्का
नेपालखोज
२०७७ मंसिर ८ गते १३:३६
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी हारमा अब अमेरिकी अदालतले पूर्णविराम लगाउँदै छ ।
पेन्सिलवेनिया र जर्जियाको अदालतको फैसलाले ट्रम्पले लगाएको धाँदलीको आरोपमा कुनै दम नभएको बताएको छ ।
पेन्सिलवेनियाको एक अदालतले मेल इन ब्यालेट्स रद्द नगर्ने बताएको छ । त्यस्तै जर्जियामा पनि कोर्टले उनको अपील अस्विकार गरेको छ ।
ट्रम्पले जर्जियामा दोश्रो पटक रिकाउन्टिङ्गको अपील गरेका थिए ।
पेन्सिलवेनियाको अदालतले भनेको छ, ‘ट्रम्प क्याम्पले मात्रै आरोप नै लागाएको छ, त्यसको लागि ठोस प्रमाण उसँग छैन, उनीहरुको अपीलमा विचार गर्ने आधर केहि पनि छैन,चुनाव प्रक्रिया सहि छ ‘।
सम्बन्धित
प्रतिक्रिया