गौरव र सैयाराको ’गल्ती’ सार्वजनिक
नेपालखोज
२०७७ मंसिर ९ गते १३:२६

काठमाडौं । गायक अनुप गुरुङको ’गल्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पप भर्सनको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ । गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ ।
प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन् । भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ । राम आईडु सहायक निर्देशक रहेको यस भिडियोलाई बाल कुमार मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।
यसअघि गायक गुरुङले ’जुनी यो संगै’, ’आँखाको नानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । हाल हंगकंगमा रहेका गायक गुरुङले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक श्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।
हेर्नुहोस भिडियो:
सम्बन्धित
प्रतिक्रिया