पाकिस्तानमा शैक्षिक संस्थाहरु फेरि बन्द गरिँदै, परीक्षा पनि स्थगित
नेपालखोज
२०७७ मंसिर ९ गते १४:३६

एजेन्सी । कोरोन भाइरसको संक्रमण बढेपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् ।
घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ । शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको
अधिकारीहरुले जानकारी दिएका छन् । वर्ल्डोमिटर्सकाअनुसार पाकिस्तानमा यो समाचार तयार पार्दासम्म ३ लाख ७९ हजार ८८३ जनामा संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया