कोरोना अपडेट : नेपालमा थप २५ जनाको मृत्यु, १२५५ जनामा संक्रमण
नेपालखोज
२०७७ मंसिर १४ गते १६:४८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयले कोरोना संक्रमणका कारण आज थप २५ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ७९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ नयाँ कोरोनाका संक्रमित थपिएका छन् । आज थप १ हजार २ सय ५५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमण पछि निको हुनेको संख्या देशभर २ लाख १२ हजार ५९० पुगेको छ । आज थप १ हजार ४०४ जना उपचार पछि निको भइ डिस्चार्ज भएका छन् । आजको पिसिआर परीक्षण ८ हजार ८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख २७ हजार ८३६ रहेको छ । हालसम्म देशभर १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया