नेप्से २१ सय अंकको नजिक : ७० अंकले बढ्दा सात अर्ब ४६ करोडको सेयर कारोबार

काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ७० दसमलव ६२ अंकले बढेर दुई हजार ७१ दसमलव दुुई अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेकस पनि १२ दसमलव २५ अंकले बढेर तीन सय ९६ दसमलव चार अंकमा पुगेको छ ।
दुुई सय एक वटा कम्पनीहरुको ६१ हजार छ सय ३६ पटकको कारोवारमा एक करोड ५५ लाख ६४ हजार चार सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार नौ सय ७२ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा टे«डिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ३८ अंकले बढेर १५ सय सात दसमलव ३२ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ४४ दसमलव ८२ अंकले बढेर एक हजार ७९ अंकमा चढेको छ ।
त्यसैगरी जीवन बीमा समुहको सुचक पनि छ सय आठ दसमलव ७३ अंकले बढेर १२ हजार आठ सय ६४ दसमलव ९५ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युुत, लघुबित्त, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
आज जनसेवी लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १७ सय १६ रुपैयाँमा कारोवार हुुंदा युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव १९ प्रतिसतले घटेर २० हजार एक सय रुपैयाँमा कारोवार भएको छ । नेपाल टेलिकमको भने आज प्रतिकित्ता १२ सय ९२ रुपैयाँ अन्तिम मुल्यमा ४० करोड सात लाख ८३ हजार सात सय ५५ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया