आइतबार, वैशाख ७, २०८२

मार्क्सवाद लेलिनवाद र माओवादको असलियत

हरिकृष्ण खतिवडा (अपरुष) २०७७ मंसिर १७ गते २०:००

नेपालमा मार्क्सवाद लेलिनवाद मुद्दा बोकेको तात्कालीन एमालेमा सुरुवातका दिनहरुमा बिचारको कमी थिएन । पुष्पलाल र मदन भण्डारीहरु कम्युनिष्ट बिचारधाराको नेतृत्व लिन्थे र जनता आशावान् हुन्थे । आज कम्युनिष्ट पार्टीहरुमा बिचारको युद्ध छैन । छ त केबल व्यक्तिको आवश्यकता, लहड र स्वार्थ । त्यही आवश्यकता र लहड नै आज मुलुकले चुकाइरहेको अनुभूति हुन्छ । किनकी मुलुकको आवश्यकता र स्वार्थ र जनताको भावनाको स्वार्थका लागि नेकपाको बहुमतको सरकारले एउटा पनि उल्लेखनीय कार्य गरेको छैन । नेकपाको लागि जनताले दिएकको बहुमत बाँदरको हातमा लड्डु सिबाय केही भएको छैन । पूर्व एमालेको एउटा खेमा ओली, ओली गरिरहेछ भने प्रचण्डको खेमा प्रचण्ड प्रचण्ड गरिरहेछ ।

माओवादलाई मुख्य बिचारधारा बनाएको पूर्व माओवादी पार्टीमा पनि सुरुका दिनमा बिचारको कमी सायद थिएन होला । तर, सत्ताको सुखमा निदाएपछि हाल माओवाद विचारधारा सम्पूर्ण रुपमा विलीन भइसकको अवस्था छ । प्रचण्डले बोकेको माओवाद बिचारधारा आज दाहाल इन्टरप्राइजेज कम्पनी एण्ड प्राइभेट लिमिडेट भइसकेको अवस्था हो । माओवाद बिचारधारा बोक्ने अर्का कमरेड बाबुराम भट्टराई आज समाजवादी भएका छन् । त्यस्तै मोहन वैद्य किरण आज आध्यात्मिक गुरु भएका छन् । उनको हिमाली दर्शन नामक पुस्तक हेर्ने हो भने द्वन्द्वात्मक भौतिकवाद भनेको पूर्वीय षड्दर्शन हो भन्ने लाग्छ । माओवाद भनेको उपनिषत्कै एउटा भेद हो भने १७ हजार नागरिकको बली के का लागि थियो कमरेड भनेर प्रश्न सोध्न मन लाग्छ । जबकी उपनिषद्ले ‘मा कश्चिद् दुःखभाग् भवेद्’ भनेर सिकाउँछ । आजसम्म पनि बम बारुदको होली खेल्न नपुगेको विप्लवसँग टोले गुण्डाको रबैया बाहेक कुनै बिचार छैन ।

जनयुद्ध नामको आतङ्क केका लागि थियो भन्ने कुरा गहिराईमा गएर सोच्ने हो भने एउटा पनि मूल कारण हामी भेट्नै सक्दैनौं । त्यो जनताको बली चढाएर नेपाललाई अशान्त पार्न गरिएको विदेशी चलखेल मात्र थियो । आतङ्कबाट वाक्क भएका जनताले पहिलो संविधानसभामा माओवादीलाई दिएको मत आतङ्कबाट मुक्तिको लागि मात्र थियो भन्ने कुरा प्रचण्डले जति राम्ररी कसले बुझेको होला र ? गत चुनाबमा कंग्रेससँगको एकता तथा पुनः लगत्तै एमालेसँगको पार्टी एकता त्यसको राम्रो उदाहरण हो ।

माक्र्सवाद लेलिनवाद पूर्वएमालेसँग बाँकी छैन ऊ सत्ताको भकारोमा यसरी डुब्योकी लतपतिएको भकारोमा पनि सायदै भैंसी त्यसरी लतपतिएला ! पुष्पलाल आज बाँचेका हुन्थे भने सायद् ओलीलगायत नेताहरु लीसोमा टाँसिएझैं सत्ताको मस्तीमा रमाएको देखेर आत्मदाह गर्थे होला ! मुलुकको हरेक समस्यालाई पूर्व एमाले अर्को पार्टीले बिगारेको भनेर पन्छिन खोज्छ । चुच्चे नक्सा चुच्चे रेल राम जन्मभूमि लगनखेल भन्दै ओलीजी माक्र्सवादी लेलिवादी राष्ट्रवादी कहलाएका छन् ।

दाहालको दाहाल इन्टरप्राइजेज कम्पनी एण्ड प्राइवेड लिमिटेड पार्टीमा बैचारिक व्यक्तित्व हुन परिवारको सदस्य हुनुपर्दछ । बल्ल तिनीहरुको जागिरको टुङ्गो लाग्छ । मन्त्री, राजदूत, राजनीतिक नियुक्ति र व्यापरिक पार्टनर हुने कुराको छिनोफानो नाता र भाइभतिजावादमा गएर सकिन्छ । बिचरा माओवाद ! यसरी हरेक दिन भाइभतिजावादमा समेटिएर उनी पार्टी र देशको भविष्य हाँक्छन् । साँझ घर पुगेर इटालियन सुट टाइ पूmकाल्यो, एकमात्र मृतक छोराको फोटो हेय्रो्, बिरामी पत्नीको निन्याउरो अनुहार हेय्रो अनि एकछिन भावुकतामा भक्कानियो । कम चोट छ ? माओवाद सम्झने फुर्सद कहाँ र हजूर !

माक्र्सवाद लेलिनवादी कमरेड ओलीलाई पनि दिनभर भाइभतिजावाद ,गुपउपगुट, नजिकका कार्यकर्ताको सेटलमेन्टको चटारो छ । साँझ निवासमा पुगेपछि स्वीस कोट पूmकाल, बुढो शरीरमा लगाएको अरु सातपत्रे कपडा निकाल । जाडोको याम, बाक्लो सिरक ओढेपछि श्रीमतीको कचकच सुरु हुन्छ कति काम गर्नु परेको ? अप्रेसन गरेको शरीर बिग्रन्छ भन्ने पनि छैन । न खानाको ठेगान, न खजाको ठेगान आखीर यी सब के का लागि ? ओलीको उत्तर हुन्छ प्रिय ! म छु र त हाम्रा नातागोता टिकेका छन् । म नभए छिन्नेमूले नैव शाखा न पत्रम् (जरा नै नाश भएपछि हाँगा र पातहरुरहँदैन् ।) भनेझैं तिनको के हालत होला ? पत्नी आफ्ना भाइ भतिजा सम्झेर भावुक हुन्छिन् र तातो तेलले बुढाको मालिस गरिदिन्छिन् । माक्र्सवाद लेनिवाद सम्झने पूmर्सद कसलाई ?

माक्र्सवाद लेलिनवाद र माओवाद कुनै संसारमा जीवित छैन । यी शब्दका आडम्बर मात्र हुन् । त्यसको नाममा लुटिखाने भाँडो हो । जस्तो खगेन्द्र काकाहरु गरुडपुराणलाई डरको व्यापार भन्दछन् त्यस्तै माक्र्सवाद लेलिनवाद र माओवाद गोली, बम र बारुदको आतङ्कको डर त्यसपछि विकास र समृद्धिको आशा देखाएर लुटिखाने तरिका बाहेक केहि होइन । प्रचण्डको भाषमा द्वन्द्वात्मक भौतिकवाद भनेको, हो जस्तो पनि हो र होइन जस्तो पनि हो अरे । त्यो बाठो बाँनियाको भाषा बाहेक केही हुन सक्ला ?

जतिबेला चीनमा माओ थिए, त्यसबखत चीनमा हजारौं मानिसहरु भोकमरीका कारण मर्ने गर्दथे । माओले निष्कर्ष निकाले कि चराहरुले चीनमा उत्पादन भएको एक तिहाई अन्न खाएर सक्छन् । चीनमा भएका चराहरुलाई मार्ने हो भने चीनमा भोकमरी लाग्ने छैन । सरकारी उर्दी जारी भयो चरा समात्नेलाई उचित पुरस्कारको व्यवस्था सहित । गुलेली, हतियारहरु लिएर लाखौंको संख्यामा सेना खटाइयो । सर्व साधारण दिनभर थाल ठटाएर चराहरुलाई बस्न दिंदैनथे र थाकेका चराहरु भुँइमा खस्थे र तिनलाई समातिन्थ्यो । माछालाई सीलमा उने जसरी चराहरुलाई उनिन्थ्यो एकदिनमा एक व्यक्तिले सय सय चराहरु समात्दथे । यस क्रममा दुई वर्षभित्र चीनमा चराहरु लुप्त भइसकेका थिए । अन्ततः चराहरु नहुनाका कारण पुरै देशमा अन्नबालीहरुमाथि किराहरुको वर्चस्व बढ्यो । प्रकृतिका हरेक चीज आआफ्नो ठाउँमा व्यालेन्स बनाउन समर्थ हुन्छन् । यसरी बाली नष्ट भई चीनमा करोडौं मानिस भोकमरीको कारण मरे । सन् १९५८ देखि १९६२ सम्मको यो समयलाई द ग्रेट चाइनिज फेमाइनको नामले चिनिन्छ । यो नै असली द्वन्द्वात्मक भौतिकवाद हो ।

प्रतिक्रिया