सिद्धार्थ बैंकद्वारा १५ प्रतिशतको लाभांश घोषणा
नेपालखोज
२०७७ मंसिर १९ गते २१:३५

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैकको शुुक्रबार बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशतबोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हालको चुक्ता पूँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८ मा १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैंयाँ बोनस शेयर तथा तीन प्रतिशत बराबरको ३९ करोड ३६ लाख ३३ हजार १४ रुपैंया मात्र नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपालराष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने बैकले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया