बुधबार, वैशाख १०, २०८२

बैंकिङ क्षेत्रको निक्षेप परिचालन ४० खर्ब २७ अर्ब नाघ्यो

नेपालखोज २०७७ मंसिर २१ गते १२:२३

काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप तथा कर्जा परिचालन दुबै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो तीन महिनाको अवधिमा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन चार दसमलव नौ प्रतिशतले बढेर ४० खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप परिचालन तीन प्रतिशतले बढेर ३३ खर्ब ३१ अर्ब ५७ करोड पुगेको थियो । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा बैक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा चार प्रतिशतले बढेर ३३ खर्ब ३९ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार दसलव तीन प्रतिशतले बढेर २९ खर्ब ८८ अर्ब ७६ करोड रुपैयाँ पुगेको थियो ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७७ असार मसान्तमा नौ हजार सात सय ६५ रहेकोमा २०७७ असोज मसान्तमा नौ हजार नौ सय तीन पुगेको छ । सोही आधारमा यस अवधिमा प्रति बैंक शाखा जनसंख्या तीन हजार ७२ बाट घटेर तीन हजार २९ कायम भएको छ ।

प्रतिक्रिया