सोमबार, वैशाख ८, २०८२

सेयर बजारमा नेगेटिभ सर्किट, कारोबार बन्द

नेपालखोज २०७७ मंसिर २१ गते १५:०२

काठमाडौं । सेयर बजारमा नेगेटिभ सर्किट लागेको छ । आइतबारको सेयर बजार ६ प्रतिशतले घटेर समयभन्दा अघि नै कारोबार बन्द भएको हो ।

दिउँसो २ बजेर १३ मिनेट जाँदा बजार बन्द भएको हो । बिहीबार अघिल्लो कारोबार दिनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक २ हजार ५५ विन्दुमा रोकिएको थियो । आइतबार बजार परिसूचक १ सय २३ अंकले घटेर १ हजार ९ सय ३२ अंकमा झरेको छ ।

नेप्सेको सर्किट ब्रेकर प्रणाली अनुसार बजारमा एकैदिन ६ प्रतिशतभन्दा बढी बिन्दुले बजार घटेमा त्यो दिनको कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया