पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालखोज
२०७७ मंसिर २२ गते २०:२६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको जनाइएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया