सोमबार, वैशाख ८, २०८२

नेप्सेमा करेक्सन : आठ अंकले बढ्दा चार अर्ब १४ करोडको सेयर किनबेच

नेपालखोज २०७७ मंसिर २५ गते १६:१२

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३९ दसमलव छ अंकले घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज भने आठ दसमलव २७ अंकले बढेर १९ सय ६४ दसमलव दुुई अंकमा पुुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि आज दुुई दसमलव ३२ अंकले बढेर तीन सय ७४ दमसलव दुुई अंकमा पुगेको छ । दुुई सय चार वटा कम्पनीहरुको ३९ हजार चार सय १० पटकको कारोवारमा ९८ लाख ८३ हजार एक सय ९७ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम चार अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा बिकास बैक र जलबिद्युुत समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन । आज बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ४६ अंकले बढेर १४ सय ३५ दसमलव ७७ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ७४ दसमलव २२ अंकले बढेर नौ हजार चार सय ६६ दमसलव २३ अंकमा पुगेको छ । टे«डिङ, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेका छन् ।

आज लिर्वटी इर्नर्जी कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुुई सय ४२ रुपैयाँमा कारोवार हुंदा अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने नौ दसमलव ८७ प्रतिसतले घटेर चार सय ७५ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १९ सय रुपैयाँ अन्तिम मुल्यमा ३७ करोड ३२ लाख चार सय ८६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया