बुधबार, वैशाख १०, २०८२

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय नाघ्यो

नेपालखोज २०७७ मंसिर २५ गते १६:४६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप १ हजार २ सय १७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा एक हजार ६४ जना डिस्चार्ज भएका छन् । आज थप १ हजार ६४ जना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण पछि डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ३१ हजार ६ सय एक पुगेको छ । अब नेपालमा १२ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने पाँच सय १५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया