आमिरका छोरा बलिउडमा डेब्यु गर्दै
नेपालखोज
२०७७ मंसिर २६ गते ८:३१

मुम्बई–बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खानले बलिउडमा डेब्यु गर्न लागेका छन्।
यशराज फिल्म्सले निर्माण गर्न लागेको फिल्ममा उनले डेब्यु गर्न लागेका हुन्। फिल्ममा जुनैदकी हिरोइन ‘अर्जुन रेड्डी’ फिल्मकी अभिनेत्री शालिनी पाण्डे हुने बताइएको छ।
सिद्धार्थ मलहोत्राले निर्देशन गर्ने फिल्मको सुटिङ २०२१ बाट सुरु हुनेछ। सिद्धार्थले रानी मुखर्जीको फिल्म ‘हिचकी’ को निर्देशन गरेका थिए। यद्यपि जुनैदले फिल्ममा आफ्नो डेब्युका बारेमा आधिकारिक रुपमा केही बताएका छैनन्।
शालिनी यशराज फिल्म्सका ३ फिल्ममा अनुबन्धित भइसकेकी छन्।
सम्बन्धित
प्रतिक्रिया