अफगानिस्तानमा सुरक्षाकर्मीको आक्रमणबाट ८ तालिबानीको मृत्यु
नेपालखोज
२०७७ मंसिर २६ गते १४:२६

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सुरक्षाकर्मीको हवाइ आक्रमणबाट कम्तिमा ८ तालिबानी लडाकू मारिएको सरकारी अधिकारीहरुले जनाएका छन् । अरु ४ जना घाइते छन् ।
रक्षा मन्त्रालयका अनुसार सैन्य कारवाहीको क्रममा तालिबानीहरु लुकेर बसेको स्थानमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । अफगानिस्तानका विभिन्न स्थानमा पछिल्लो समय हिंसात्मक गतिविधि बढेका छन् । सुरक्षाकर्मीको आक्रमण पनि पछिल्लो समय बढ्न थालेको छ ।
एक दिनअघि मात्रै अफगानिस्तानको पूर्वी क्षेत्र जलालावादमा महिला पत्रकार मलाला मइवान्दको विद्रोही समूहबाट गोली हानी हत्या भएको थियो ।
अफगानिस्तानमा २० वर्षदेखि युद्धरत तालिबानी समूह र अफगान सरकारबीच चरणवद्ध वार्ता भए पनि सम्पन्न हुन सकिरहेको छैन । सरकार र विद्रोही दुबै पक्षले वार्तामा गरिएका प्रतिवद्धता उल्लंघन गर्दैआएका छन् ।
सम्बन्धित
प्रतिक्रिया