सिद्धार्थ बैंकद्वारा बृद्धाश्रम पुन संरचना गर्नका लागि दुई लाख रुपैयाँ सहयोग

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बृद्धाश्रम पुन संरचना गर्नका लागि आर्थिक सहयोग गरेको छ । बैंकले शुक्रबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं।९, गोठाटारस्थित कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत दुुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
उक्त रकम कृष्ण प्रणामी सेवा समिति नेपालले २०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको कृष्ण प्रणामी भवनको पुन संरचनाकार्य गर्नका लागि उपयोग गर्नेछ ।
भवनमा समितिद्वारा बृद्धाश्रम सञ्चालन गर्दै आएको र निर्माण पश्चात सो भवन समितिले असाहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ । समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पु¥याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र बृद्ध नागरिक कल्याणमा केहि हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामीदिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।
प्रतिक्रिया