मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति भाई सार्वजनिक

काडमाडौं । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक “मुक्ति भाई”नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने जानकारी दिएको छ ।
बैंकका अध्यक्ष भरत राज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्धारा संयुक्त रुपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेज बाट कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो ।
बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।
प्रतिक्रिया