सोमबार, वैशाख ८, २०८२

नेप्सेमा उच्च अंकको बृद्धि

नेपालखोज २०७७ मंसिर २९ गते १५:४२

काठमाडौ । सोमबार नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ४६ दसमलव ४३ अंकले बढेको नेप्से साताको दोस्रो कारोवार दिन सोमबार पुुन ५६ दसमलव ७२ अंकले बढेर दुुई हजार ६७ दसमलव १७ अंकमा पुुगेको छ । आज सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव चार अंकले बढेर तीन सय ८८ दसमलव १६ अंकमा पुगेको छ । दुुई सय दुुई वटा कम्पनीहरुको ५७ हजार ८७ पटकको कारोवारमा एक करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुुल कारोवार रकम सात अर्ब २० करोड ४१ लाख ३६ हजार नौ सय २३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा जलबिद्युुत समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव एक अंकले बढेर १५ सय तीन दसमलव ६४ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ७९ दसमलव १४ अंकले बढेर एक हजार १९ दसमलव ४१ अंकमा चढेक छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक अंकले बढेर १३ हजार छ सय ४१ दसमलव ४२ अंकमा पुुगेकोमा बिकास बैंक, लघुुबित्त, जीवन बीमा टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन ।

आज प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ५८ रुपैयाँमा कारोवार हुंदा लिर्वर्टी इर्नर्जी प्रालिको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ७९ प्रतिशतले घटेर दुई सय २८ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एकै दिन प्रतिकित्ता २२ सय ३८ रुपैयाँ अन्तिम मुल्यमा ७४ करोड ३९ लाख ९९ हजार छ सय ६८ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया