सोमबार, वैशाख ८, २०८२

रोकियो नेप्सेको उच्च बृद्धिदर

नेपालखोज २०७७ मंसिर ३० गते १५:५०
3d red arrow down in business graph on white

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) को उच्च अंकको बृद्धिदर आज मंगलबार भने रोकिएको छ । अघिल्लो दिन ५६ दसमलव ७२ अंकले बढेको नेप्से आज पाँच दसमलव ७५ अंकले घटेर दुई हजार ६१ दसमलव ४१ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि आज शुन्य दसमलव ७४ अंकले घटेर तीन सय ८७ दसमलव ४२ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुुई सय पाँच वटा कम्पनीहरुको ४७ हजार सात सय ६९ पटकको कारोवारमा ९७ लाख ५५ हजार पाँच सय ४७ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम छ अर्ब छ करोड ९३ लाख ३१ हजार छ सय ८७ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा उपसमुहको कारोवार हुंदा तीन वटा उपसमुहको सुचक बढेर बाँकी नौ वटा उपसमुहको सुचक घटेकाछन । जसमध्ये बैंकिङ उपसमुहको सुचक शुन्य दसलव शुन्य आठ अंकले बढेर १५ सय तीन दसमलव ७२ अंकमा चढेकोमा लघुुबित्त र जीवन बीमा उपसमुहको सुचक पनि आज बढेकाछन ।

बिकास बैंक उपसमुहको सुचक भने आज २४ दसमलव १४ अंकले घटेर दुुई हजार एक सय ९७ दसमलव ७० अंकमा झरेकोमा जलबिद्युुतर्फको सुचक पनि १८ दसमलव ५८ अंकले घटेर १७ सय पाँच दसमलव २८ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोषको सुचकहरु पनि घटेकाछन ।

आज उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९८ प्रतिसतले बढेर १३ सय ७७ रुपैयाँमा कारोवार हुंदा मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव ७६ प्रतिसतले घटेर एक सय ६० रुपैयाँमा कारोवार भएको छ ।

आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २२ सय ६५ रुपैयाँ अन्तिम मुल्यमा ५२ कारेड ३८ लाख २६ हजार सात सय ५६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया