बिहीबार, वैशाख ११, २०८२

जापानमा ‘ट्वीटर सिरियल किलर’लाई मृत्युदण्ड

नेपालखोज २०७७ मंसिर ३० गते १९:३३

काठमाडौं । ट्वीटरमा साथी भएका नौं जना मानिसको हत्या गर्ने जापानको एक नागरिकलाई मृत्युदण्डको घोषणा गरिएको छ । तकाहिरो शिराइशी, जसलाई ‘ट्वीटर किलर’ को उपनाम दिइएको छ । सन् २०१७ मा उनको फ्ल्याटमा हत्या गरिएको मानिसको टुक्रा पारिएको शरीरको अंगसहित पक्राउ गरिएको थियो ।

३० वर्षीय हत्याराले अदालतमा आफुले ती व्यक्तिहरुको हत्या गरेको स्वीकार गरेका थिए । हत्याको शिकार भएका प्राय ट्वीटर प्रयोगकर्ता महिला थिए । जापानमा मृत्युदण्डको पक्षमा थुप्रै नागरिकले सहमति जनाएका थिए । शिराइशीले आत्महत्या गर्न इच्छुक महिलालाई आफ्नो अपार्टमेन्टमा बोलाउन ट्वीटरको प्रयोग गरेका थिए । उनले ती महिलाहरुलाई आत्महत्या गर्न सहयोग गर्ने तथा कतिपयलाई आफु पनि संगै मर्ने बताएका थिए ।

सन् २०१७ को अक्टोबर महिनामा उनले आठजना महिला र एक पुरुषको हत्या गरेर शरीरको अंगहरु छुट्याएका थिए । टोकियो नजिकै रहेको जामा शहरमा शिराइशीको फ्ल्याटबाट हत्या गरिएको मानिसको शरीरको अंग भेटिएको थियो । प्रहरीले नौं वटा टाउको सहित उनलाई पक्राउ गरको थियो भने उनको घरको कुलरमा हात तथा टुलबक्समा खुट्टाको हड्डी भेटिएको थियो । उनले अदालतमा हत्या तथा मृत शरीरलाई टुका-टुक्रा बनाएको स्वीकार गरेपछि मृत्युदण्डको सजाय तोकिएको हो ।

तर शिराइशीका वकिलले भने, हत्या भएका मानिसले हत्याको लागि अनुमति दिएको कारण यसलाई, ‘मर्डर विथ कन्सेन्ट’ हुने र सजाय कम गर्नुपर्ने माग गरेका थिए । तर पछि शिराइशीले उनीहरुको अनुमति बिना आफुले हत्या गरेको बताएका थिए ।

यस घटना पछि ट्वीटरले आफ्नो नियममा परिवर्तन गरेको थियो, जसमा ‘प्रयोगकर्ताले, आत्महत्या तथा आफुलाई हानी पुराउने प्रोत्साहन गर्ने केहि पोष्ट गर्न नमिल्ने नियम राखेको थियो ।’

प्रतिक्रिया