बुधबार, वैशाख १०, २०८२

प्रभु बैंकको लाभांस बितरण प्रस्ताव राष्ट्र बैंकद्धारा स्वीकृत

नेपालखोज २०७७ पुष १ गते १५:१०

काठमाडौं । प्रभु बैंकले दश प्रतिशत लाभांस बितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुंजी १० अर्ब ३१ करोड ५५ लाख छ हजार छ सय ३५ रुपैयाँ मध्येबाट १० प्रतिशत रकम लाभांस बितरण गर्न राष्ट्र बैंक समक्ष प्रस्ताव पेस गरेको थियो ।

बैंकले कुल चुक्ता पुँजीमध्यबाट एक अर्ब तीन करोड १५ लाख ५० हजार छ सय ३४ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शुन्य दसमलव ५२ प्रतिशत अर्थात पाँच करोड ४२ लाख ९२ हजार एक सय ४१ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्ने घोषणा गरेको थियो ।

लाभांस बितरणको सम्वन्धमा बैंक सञ्चालक समितीको यही मंसिर २१ गते आईतबार बसेको एक सय ९३ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृत भएको हो । अब यो प्रस्ताव बैंकको आगामी बार्षिक साधारण सभा मार्फत पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया