बुधबार, वैशाख १०, २०८२

नेपालको सबै भन्दा ठुलो बैंक बन्दै हिमालयन र नेपाल इन्भेष्टमेन्ट

नेपालखोज २०७७ पुष १ गते १५:३७

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक एक आपसमा मर्ज भएर नेपालको सबैभन्दा ठुुलो, बित्तीयरुपमा निकै नै सवल र सक्षम बैंक बन्ने भएको छ । दुबै बैंकले एक आपसमा मर्जरमा जानको लागि अन्तिम तयारी गरेको र मर्जरको निर्णय औपचारिक घोषणा मात्र हुन बाँकी रहनुले पनि यि दुई बैंक आगामी समय नेपालको सबै भन्दा ठुलो र सवल बैंक बन्ने देखिएका हुुन् ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक एवं व्यवस्थापन समितीका व्यक्तिहरुको बिचमा पारिवारिक सम्वन्ध रहेको छ । नेपाल राष्ट्र बैंकले पनि यि दुई बैंकबिचको यही पारिवारिक सम्वन्धलाई देखाएर मर्जरमा जान आग्रह गर्दे आएको छ ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको आग्रह र दुई बैंकबिचको सम्वन्ध कै कारण मर्जरमा जान सहज भएको हिमालयन बैंक उच्च श्रोतले बताएको छ । यदि सहजरुपमा प्रकृया अगाडि बढ्यो भने अबको केही दिनहरुमा मर्जरको औपचारिक घोषणा हुने छ, उक्त श्रोतले भनेको छ ।

श्रोतकाअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकमा सञ्चालक समितीको अध्यक्ष पदमा रहेका पृथ्वी बहादुर पाँडे हिमालयन शमसेर जवराका ज्वाई हुुन । सोही आधारमा पाँडे अशोक राणाका भिनाजुु हुुन् । यही सम्वन्धमा कारण पनि यि दुुई बैंकहरुबिच मर्जरको निर्णय गर्न सहज भएको हो, राष्ट्र बैंक श्रोतले भनेको छ ।

यि दुुई बैंकहरुबिच अहिले मर्जरको बिषयमा बिभिन्न चरणमा छलफल भएको हामीले पनि बुुझेका छौं, ठोस निर्णय सहित मर्जरमा जानेमा हामी बिश्वस्त रहेका छौ, राष्ट्र बैंक श्रोतले भन्छ । श्रोतकाअनुसार मर्जर पश्चात बन्ने बैंकको सञ्चालक समितीको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे रहनेछन भने प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा रहने छन् । ज्योति प्रकाश पाण्डे भने मर्जर पश्चात बन्ने बैंकमा सहायक प्रमुुख कार्यकारी अधिकृत रहने छन् ।

चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक बित्तीय बिवरणलाई आधार मान्दा मर्जर पश्चात बन्ने बैंकको चुक्ता पुंजी २३ अर्ब ६२ करोड रुपैयाँको हाराहारीमा पुग्ने छ । सोही आधारमा बैंकको कुुल निक्षेप तथा कर्जा रकम भने क्रमश तीन खर्ब १३ अर्ब र दुई खर्ब ३८ अर्ब रुपैयाँको हाराहारीमा पुग्ने छ ।

यस्तो छ, मर्जरको अन्तिम तयारीमा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको बित्तीय अवस्था

प्रतिक्रिया