सोमबार, वैशाख ८, २०८२

नेप्सेमा पुनः गिरावट

नेपालखोज २०७७ पुष १ गते १५:३६

काठमाडौं । मंगलबार पाँच दसमलव ७५ अंंकले घटेको नेप्से साताको चौंथो कारोवार दिन आज पनि घटेको छ । नेप्से आज छ दसमलव दुुई अंकले घटेर दुुई हजार ५५ दसमलव २२ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव ४३ अंकले घटेर तीन सय ८६ दसमलव ९८ अंकमा पुगेको छ ।

आज एक सय ९९ वटा कम्पनीहरुको ४९ हजार एक सय ५९ पटकको कारोवारमा एक करोड पाँच लाख ५८ हजार तीन सय ९१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार पाँच सय ७८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेका छन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९५ अंकले बढेर १५ सय चार दसमलव ६७ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि नौ दसमलव छ अंकले बढेर दुुई हजार दुुई सय सात दसमलव ३० अंकमा चढेको छ ।

यसैगरी उत्पादनमुुलक, लघुबित्त, टे«डिङ, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन । निर्जिवन बीमा समुहको सुचक भने एक सय ३८ दसमलव ४२ अंकले घटेर नौ हजार सात सय ९९ दसमलव चार अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ६० दसमलव ८५ अंकले घटेर १३ हजार पाँच सय ३२ दसमलव ३६ अंकमा झरेको छ । यि बाहेक जलबिद्युुत, फाईनान्स र अन्य समुहको सुचक पनि घटेका छन ।

आज महुुली सामुुदायिक लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १३ सय नौ रुपैयाँमा कारोवार हुंदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मुल्यपनि चार दसमलव ६७ प्रतिसतले घटेर दुुई सय ४५ रुपैयाँमा कारोवार भएको छ ।

एनसीसी बैकको सबैभन्दा बढी रकम कारोवार भएको छ । यो बैंकको एकैदिन प्रतिकित्ता तीन सय २५ रुपैयाँ अन्तिम मुल्यमा ३९ करोड ४३ लाख ९५ हजार तीन सय ६२ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया