बुधबार, वैशाख १०, २०८२

देशव्यापी रुपमा एन्टिजेन परीक्षण गर्ने सरकारको तयारी

नेपालखोज २०७७ पुष २ गते १७:०६

काठमाडौं । सरकारले कोरोना संक्रमितको पहिचानका लागि देशव्यापी रुपमा एन्टिजेन परीक्षण गर्ने भएको छ । कोरोनाको हटस्पट र ठूला सहरहरुलाई लक्षित गरी आगामी सातादेखि एन्टिजेन परीक्षण सुरु गर्न लागिएको हो ।

दुई सयभन्दा बढी संक्रमित भएका स्थानमा निःशुल्क एन्टिजेन विधिबाट परीक्षण गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार माघ अन्तिमसम्म करिब तीन लाख व्यक्तिको परीक्षण गर्ने मन्त्रालयको योजना छ । त्यसका लागि विश्व स्वास्थ्य संगठनले एक लाख किट, यूएनडीपीले ५० हजार र युनिसेफले ५० हजार किट उपलब्ध गराइसकेको छ ।

बाँकी किट अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनमार्फत ल्याइने श्रेष्ठले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार मुलुकभर एन्टिजेन परीक्षणका लागि अहिले जनशक्ति परिचालन र प्रशिक्षणको काम भइरहेको छ ।

प्रतिक्रिया