बिहीबार, वैशाख ११, २०८२

मर्चेन्ट बैंकरका प्रतिनिधी र धितोपत्र बोर्डका अध्यक्षबिच भेटवार्ता

नेपालखोज २०७७ पुष ३ गते १६:२३

काठमाडौं । मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग भेटघाट गरेको छ । शुुक्रबार संघका प्रतिनिधीले भेटवार्ता गरेको संघले जनाएको छ । प्रतिनिधि मण्डलको नेतृत्व मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष मेख बहादुर थापाले गरेका थिए ।

उक्त अवसरमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । भेटमा एशोसियशनका नवनियुक्त अध्यक्ष थापाले धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरले निभाउनुपर्ने भूमिकाका सन्दर्भमा एशोसियशनले पहलकदमी गर्ने बताउँदै बोर्डको विशेष सहयोगको अपेक्षा गरे ।

त्यस्तै, एशोसियशनका निवर्तमान अध्यक्ष धु्रब तिमिल्सिनाले धितोपत्रबजार सम्बन्धी नीतिनिर्माण गर्दा एशोसियशनसँग छलफल गरी बोर्डले उचित स्थान दिएको स्मरण गर्दै आगामी दिनमा समेत यसको निरन्तरता रहने विश्वास व्यक्त गरे ।

भेटका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले मर्चेन्ट बैंकर थप व्यवसायिक हुनुपर्ने तथा प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्नुपर्ने बताए । धितोपत्र बजारमा हालका दिनमा सकारात्मक परिवर्तन भइरहेको बताउँदै उनले यो बजारलाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, उनले बजार सहभागीहरुले लगानीकर्ताको हितलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया