नेपाल इन्भेष्टमेन्ट बैंकले १८ दसमलव ५० प्रतिशत लाभांस वितरण गर्ने

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकले १८ दसमलव ५० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकको आज आईतबार बिहान बसेको पाँच सय ४० औं सञ्चालक समितीको बैठकले आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पुंजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार पाँच सय रुपैयाँ मध्येबाट कुुल १८ दसमलव ५० प्रतिशतको अनुपातमा दुुई अर्ब ६३ करोड ६० लाख ५६ हजार पाँच सय ८३ रुपैयाँ बराबरको लाभांस बितरण गर्ने घोषणा गरेको हो ।
बैंकका अनुसार उक्त लाभांस मध्येमा १३ प्रतिशत अर्थात एक अर्ब ८५ करोड २३ लाख ६४ हजार ८५ रुपैयाँ बराबरको बोनस सेयर र पाँच दसमलव ५० प्रतिशत अर्थात ७८ करोड ३६ लाख ९२ हजार चार सय ९८ रुपैयाँ बराबरको नगद लाभांस रहेको छ । लाभांस बितरण सम्वन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
प्रतिक्रिया