बुधबार, वैशाख १०, २०८२

जनवरीदेखि भारतका कोरोना भ्याक्सिन दिइने

नेपालखोज २०७७ पुष ६ गते १३:४०

भारतले आफ्ना नागरिकलाई आगामी महिनादेखि कोरोनाविरुद्धको भ्याक्सिन वितरण गर्ने भएको छ ।

विश्वका अन्य देशहरुमा भ्याक्सिन लगाउन शुरु गरे पनि एशियाली मुलुकमा अहिलेसम्म कतै भएको छ ।

भारतले जनवरीदेखि करिब ३० करोड नागरिकलाई पहिलो चरणमा भ्याक्सिन दिन शुरु गर्ने बताएको छ ।

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री हर्ष वर्धनले सरकारको प्रथामिकता भ्याक्सिनको सुरक्षा र प्रभावकारितामा रहेको बताएका छन् ।

उनले एक साक्षात्कारमा भने, ‘जनवरीको कुनै सातादेखि भ्याक्सिन लगाउन शुरु हुनेछ । जुन भ्याक्सिनलाई आपतकालीन उपयोग प्राधिकरणका लागि निवेदन दिएका छन् । उनको विश्लेषण औषधि नियामक द्वारा गरिएको छ ।’

कोरोना भ्याक्सिन र अध्ययनमा कुनै पनि देशभन्दा भारत कम नभएको उनको दावी छ ।

उनले थपे, ‘हाम्रो प्राथमिकता भ्याक्सिनको सुरक्षा र प्रभावकारीतामा हो । हामी यसमा कुनै पनि सम्झौता गर्न चाहँदैनौं । हाम्रो नियामकले पनि गम्भीरताका साथ विश्लेषण गरिरहेका छन् ।’

छिट्टै यो खराब समय सकिने विश्वास व्यक्त गर्दै उनले तर पनि सावधानी अपनाउन जरुरी रहेको बताए ।

‘हामीले नियम पालनामा कडाइ गर्नु पनि आवश्यक छ । कोरोनाविरुद्ध यति धेरै उपकरणलाई आराम गर्ने जोखिम उठाउन सक्दैनौं । अन्ततः मास्क, हातको स्वच्छता र सामाजिक दूरी जरुरी रहीरहनेछ ।’

प्रतिक्रिया