महिला पीएम कपको खेल तालिका सार्वजनिक

काठमाडौं । दाङको लमहीमा पुस ११ देखि सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको छ ।
प्रतियोगिता पुस ११ देखि १९ सम्म लमहीमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र एपिएफबीच प्रतिस्पर्धा हुने छ । समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् । उद्धघाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने छ । समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् ।
प्रतियोगिता २० ओभरको हुने छ । सबै खेल लमही मैदानमा हुने छन् । हरेक दिन दुई खेल हुने छन् । पहिलो खेल विहान नौं र दोस्रो खेल १ बजेबाट सुरुहुने छ । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । दुबै सेमिफाइनल पुस १७ र फाइनल पुस १९ मा हुने छ ।
पिएमकप महिला क्रिकेटको लागि गण्डकी र लुम्बिनीले आफ्नो टोली घोषणा गरि सकेका छन् । प्रदेश नम्बर १ र २ को छनोट सकिएको छ । अन्य टोली छनोटको तयारीमा छन् ।

प्रतिक्रिया