आर्मीले पायो एएफसी लाइसेन्स

काठमाडौं । त्रिभुवन आर्मी क्लबले एसियन फुटलब कन्फिडरेसन (एएफसी) क्लब लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स प्राप्त गरेसँगै अब क्लबको नाम त्रिभुवन आर्मी फुटबल क्लब हुनेछ ।
यसअघि एएफसी लाइसेन्सका लागि नेपालका सबै ए डिभिजन क्लबले गरेको प्रस्ताव अस्वीकृत भए पनि त्रिभुवन आर्मी क्लबका लागि भने एएफसी सकारात्मक सुनिएको थियो ।
रेलिगेसनमा परेको सरस्वती क्लबमा बाहेक अन्य ए डिभिजन क्लबहरुले एएफसी लाइसेन्सका लागि गरेको प्रयासमा न्युनतम मापदण्ड नपुगेको भन्दै एएफसीले अस्वीकार गरेको थियो। उता त्रिभुवन आर्मी क्लबका लागि भने एएफसी सकारात्मक सुनिएको थियो ।
एएफसी लाइसेन्सका लागि सिनियर टोलीको प्रशिक्षक, जुनियर टोली, महिला टोली, खेल मैदान, टिमको डाक्टर लगायत कर्मचारी मापदण्ड र आर्थिक पारदर्सितालगायतका मापदण्डहरु पुरा गर्नु पर्ने हुन्छ ।
लगत्तै आर्मी क्लबले बाँकी रहेका मापदण्ड पुरा गरेर पुनः आवेदन दिएको थियो ।
योसँगै लिगको उपविजेता त्रिभुवन आर्मी क्लबलाई एएफसीका प्रतियोगितामा सहभागिता जनाउने बाटो खुलेको छ ।
प्रतिक्रिया